सुर्खेत । गत जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विकसहित ६ जनाको हत्या भएको घटना बिषयमा उच्च अदालत सुर्खेतमा परेको पुनरावेदनमा दुई न्यायधीश बीच राय बाझिएको छ । घटनामा संग्लन रहेका आरोपितलाई छाड्ने बिषयमा दुई न्यायधीशबीच राय बाझिएको हो ।
आइतबार राती ११ बजे उच्च अदालत सुर्खेतका मुख्यन्यायधीश कुमाल चुडाल र न्यायाधीश सुदर्शनदेव भट्टबीच राय बाझिएको हो ।
जिल्ला अदालत रुकुपश्चिमले ५४–४० लाई धरौटीमा छाड्ने र ५४–३९ बाल गृहमा राख्ने आदेश भएकोमा उच्च अदालत सुर्खेतले संरक्षक जिम्मा लगाउने बिषयमा उच्च अदातल सुर्खेतका दुई न्यायधीश सहमति भएको उच्च अदालत सुर्खेतका रजिस्ट्रार माधवप्रसाद पौडेलले बताए । ‘रुकुमपश्चिम जिल्ला अदालतले साधारण तारेखमा छुट्ने आदेश गरिएका इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दीपेन्द्र चन्दलाई गरेको फैसला सदर भएको छ ।’ उनले भने,‘थुनामा राख्न आदेश गरेको लोकेन्द्र घर्ती, डिल्ली घर्ती, तुलाराम घर्ती, सौरभ पुन, सविन पुन र भीमबहादुर बुढाका बिषयमा दुई न्यायधीशबीच राय बाझिएको छ ।’
राय बाझिएको विषयमा तेस्रो न्यायाधीशसमक्ष मुद्दा पेस हुने र उनले दिने राय निर्णायक भई कार्यान्वयनमा आउने रजिष्ट्रार पौडेलले जानकारी दिए । ‘दुई न्यायधीशका बीच अदालतमा राय बाझिएकाले तेस्रो न्यायधीशले राय निर्णायक हुन्छ ।’ उनले भने,‘तेस्रो न्यायधीशको राय नआन्जेल जिल्ला अदालतको फैसला नै कार्यन्वयन हुन्छ ।’
रुकुम जिल्ला अदालतले असार ८ गते गरेको बेरितको आदेशविरुद्ध उच्च अदालत सुर्खेतमा घटनामा संग्लन परिवारका सदस्यहरुले रिट दायर गरेका थिए ।
उच्च अदालत सुर्खेतले असार ८ गते रुकुमपश्चिम जिल्ला अदालतले गरेको ६ जनाको बेरितको आदेशका बिषयमा राय बाझिएका कारणले फैसलामा पछिल्लो पटक प्रहरी अनुसन्धानका लागि लिएका ६ जना र दुई जना किटानी जोहीवालालाई तारिखमा समेत नरहने गरी उच्च अदालत सुर्खेतले फैसला गरेको त्यसमा अर्का न्यायधीशले असहमती जनाएका थिए ।
रुकुमपश्चिमको सोतीमा घटनामा संलग्नता भएको अभियोगमा ३४ जनाविरुद्ध सामूहिक हत्या, जातीय छुवाछुत तथा भेद्भावलगायतको अभियोगमा रुकुमपश्चिम अदालतमा मुद्दा दायर गरिएको थियो । प्रतिवादी बनाइएका ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा भेदभावको कसुर र एक जनालाई मतियारको रुपमा मुद्दा दर्ता भएको थियो ।
आरोपीमध्ये वडाध्यक्षसहित २२ जनालाई अदालतले असार १० गते पूर्वपक्षको थुना राख्न जिल्ला अदालत रुकुमपश्चिले गरेको फैसला सदर भएको रजिष्ट्रार पौडेले जानकारी दिए ।