बाँके/ सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट राष्ट्रिय युवा संघ राप्ती सोनारी गाउँपालिकाकाे संयोजकमा समीर बिष्ट चयन भएका छन् ।

नेकपाकाे पार्टी एकीकरण संगै युवा संगठन समायाेजन गर्ने क्रममा राप्ती साेनारि गांउपालिकाकाे समायाेजनबाट विष्ट चयन भएका हुन् ।

अत्यन्तै लाेकप्रिय युवा नेताका रुपमा परिचित विष्टलाई राप्ती साेनारी गाउंपालिकाकाे संयाेजककाे रुपमा जिम्मेवारी दिदा अत्यन्तै खुशि भएकाे एक स्थानीयले बताएका छन् ।

त्यसैगरी बुधबार राष्ट्रिय युवा संघ बाँकेले जिल्ला कार्यसमिति सदस्यमा घनस्याम वलि र ज्ञानेन्द्र वलि लाई समेत चयन गरेकाे छ । द्वय वलि कोभिड -१९ महामारीका समयमा स्थानियबासिहरुकाे मद्दतका लागि खटिरहने, स्थानिय बासिका हक हित निम्ति लड्ने गरेकाे पाईएकाे छ ।

Image
Image

लामो समय पछि राष्ट्रिय युवा संघ बाँकेले जिल्लाका आठ वटा स्थानीय निकायको साथै जिल्ला कमिटिको टुङ्गो लगाएको हो ।