पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको उपचारका क्रममा निधन भएको छ।

निमोनियापछि उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनी माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित थिइन्।

काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिए।

उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गत कात्तिक १३ गते दाङको गोर्खा अस्पताल भर्ना गरिएको थियो।श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट कात्तिक १४  गते हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।

आज बुधबार बिहान ६:२५ बजे उनको निधन भएको हो।