सम्बन्धको कोमल धागो मनसित जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब सीधा प्रभाव मनमा पर्छ । किनकि मनबाट जाेडिएकाे सम्बन्ध हुन्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा राख्छौं । जब यी आशा–अपेक्षा टुट्छन् तब पीडा हुन्छ । यस्तोमा हाम्रो अपेक्षा कति सही छ र कुन हदसम्म तिनको पूर्ति हुने आशा राख्नु उचित छ भन्ने कुरा बुझ्नु जरुरी रहन्छ ।

सम्बन्धको सामञ्जस्य र सन्तुलनका यिनै समीकरणलाई हामीले बुझ्ने प्रयास गर्नु आवश्यक छ । हामी सम्बन्धमा सास्या आईसकेपछि उसले यस्तो किन भन्यो वा किन गर्‍यो’, मात्र यही कुरामा सोचविचार गरी हामी प्राय: आफ्नो प्रेमपूर्ण सम्बन्धलाई दाउमा लगाउँछौं । म त उसको यति धेरै सम्मान गर्छु, तर उसले सबका सामु मेरो बेइज्जत गर्‍यो, भन्ने शब्दले कुरा नै सम्बन्धमा चिरा पार्नका लागि पर्याप्त छ ।

सम्बन्ध चाहे त्यो प्रेमको हाेस् , श्रीमान् वा श्रीमतीको होस् वा रगत मित्रताको । त्यसबाट अधिकतम गरिएको अपेक्षाले प्राय: त्यो टुट्नुको कारण बन्छ । सम्बन्धबाट सदैव खुसी नै प्राप्त हुन्छ वा हुनुपर्छ भन्ने मान्नु नै सबैभन्दा ठूलो गल्ती हुने रहेछ । त्यो सम्बन्ध खुसी कायम राख्नका लागि नै हुन्छ तर कहिलेकाहीँ आफ्नो दु:ख यति धेरै ठूलो हुन्छ कि व्यक्ति दोस्रो पक्षलाई खुसी दिन सक्षम हुँदैन ।

अपेक्षा राख्नुपर्छ, कारण हामी सबैजना आफ्नो सम्बन्धबाट केही न केही आशा राख्छौं तर यति धेरै होइन कि ती पूरा नहुँदा दु:ख महसुस होस् वा यसका कारण वर्षौं पुरानो सम्बन्धमा शंका उत्पन्न होस् वा मन दुखोस् । धोकाबाट नै अविश्वासले जन्म लिन्छ र त्यसपछि सम्बन्धको अर्थ रहँदैन । हिजोआज एक–अर्कालाई चिट गर्नु सामान्य भैसकेको छ, कारण सबैले सम्बन्धलाई गम्भीरतापूर्वक नभई क्याजुयली मजाकमा लिन थालेका छन्, त्यसैले सम्बन्ध र मन टुट्ने अवस्था बढ्दो छ ।

रूपैयाँ/पैसाको भोकले व्यक्तिको सोच्ने–बुझ्ने शक्ति गुमाउनुका साथै प्रेमको अर्थ पनि परिवर्तन गर्छ । जीवन पैसाबिना चल्दैन, प्रेमबाट पेट भरिँदैन । यो मान्यता हिजोआज सर्वसुलभ छ । रुपैयाँ नै गुलियाे जस्तै बन्दो रहेछ । जब पैसा यति धेरै महत्त्वपूर्ण बन्छ तब प्रेम र सम्बन्ध गौण हुन पुग्छ । त्यसपछि सम्बन्ध टुट्न समय लाग्दैन, कारण जसमा यो आधारित रहन्छ त्यही नै बदलिन्छ । जाे हरेक श्रीमान् वा श्रीमतीको विभिन्न घटनाले गर्दा वर्ष भरिकाे लामाे सम्बन्धले आज एक दिनमै सखाप हुन पुगेकाे छ ।

आज महिलाकाे मात्र कुरा नगराै यहाँ त पुरष पनि उत्तिकै पिडामा छन् अाफ्नाे सम्बन्धमा जाे पुरुषले आफ्नाे गल्ति हुदा हुदै पनि गल्ति भयाे भनेर माफि माग्दा पनि आज अदालतमा बहस चर्किनु परेकाे छ । जुन महिलाले आफ्नाे गल्तिलाई लुकाएर सम्पुर्ण उल्लेख गरि बहस गराउनु पर्ने त्यस्ताे जरुरत छैन । अनि हाम्रो समाजले एउटाको घर जलेको हुन्छ अरुहरू जलेको घरको आगो तापेर बजार तताउँदै मनोरञ्जन लिइरहेका हुन्छौं ।