श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको त्रैमासिक मुखपत्र ‘गणेशजल सन्देश’ विमोचन कार्यक्रममा कला, सस्कृति र संगितको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की र प्रेमदेव गिरीलाई यस संस्थाले सम्मानित गरेको हो ।

उहाँहरुलाई जनही पाँच हजार रुपैयाँ, संस्थाको लोगो र नाम अंकित भित्ते घडी, संस्थाको नाम अंकित झोला मायाको चिनो र दोसल्ला सहित सम्मान गरेको छ । संस्थाले आफ्ना जेष्ठ नागरिक शेयर सदस्य र वरिष्ठ कलाकारहरुलाई वार्षिक रुपमा नियमित सम्मान गर्दै आइरहेको छ ।

उक्त कार्यक्रममा श्री गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष प्रेमकुरमार बिसी, जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसी, राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका निवर्तमान सदस्य हरिहरनाथ योगी, बचत तथा ऋण सहकारी संघ लि. सुर्खेतका अध्यक्ष पदम दाहाल, वरिष्ठ कलाकारहरु गंगा केसी, भीमबहादुर कार्की, प्रेमदेव गिरी, मप विश्वविद्यालयका उपप्राध्यापक चित्र केसी, उद्योग वाणिज्य संघ सुर्खेतका वाणीज्य उपाध्यक्ष प्रेमबहादुर रावत, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल, राष्ट्रिय सहकारी बैंक सुर्खेतका म्यानेजर हिरालाल सुनार र पत्रकार आकाशतारा बयकले संयुक्त रुपमा ‘गणेशजल सन्देश’ को विमोचन गर्नुभयो ।