नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ।

आज सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ मात्र कम हो।

अघिल्लो दिन अर्थात् बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो।

सुनचाँदी व्यवसायी संघ सुर्खेतका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।