नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसियल नेपालको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका नगर कमिटी गठन गरिएको छ । हिजो आईतबार सुर्खेतको वीरेन्द्रनगरमा नगर सम्मेल गर्दै वाइसियल नेपालको सर्वसम्मत रुपमा ५९ जनाको वीरेन्द्रनगर नगर कमिटी गठन गरिएको हो ।

नगर कमिटीको अध्यक्षमा शिव वन (सागर) लाई सर्वसम्मत चयन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवास रावल, उपाध्क्षमा भुवन रोकाय, महिला उपाध्यक्षमा विष्णु वादी चयन भएका छन् ।
त्यस्तै सचिवमा जीवन गहतराज, सह-सचिवमा राजन श्रेष्ठ कोषाध्यक्षमा दीपक आचार्यलाई चयन गरिएको छ ।