नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ। 

गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो।

सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ र बुधबार प्रतितोला एक सय रुपैयाँ र आज प्रतितोला सात सय रुपैयाँ घटेको हो।

यो चार दिनमा सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँ घटेको छ।

सुर्खेत सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।