अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित
असोज २९ गते, २०८० १२:१५ मा प्रकाशित
आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको छ।आइतबार दिल्लीमा अफगानिस्तानले साविक विजेतालाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो।अफगानिस्ताने २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ४०.३ ओभरमा २१५ रनमा अलआउट गर्दै जित निकालेको हो।जारी विश्वकपमा तीन खेलमा इंग्ल्यान्डको यो दोस्रो हार हो। अघिल्ला दुई खेलमा पराजित भएको अफगानिस्तानको भने पहिलो जित हो।
Post Views: 444
प्रतिक्रिया दिनुहोस्