सुर्खेत । जिल्ला टेबल टेनिस संघ सुर्खेतको मिति २०८० फागुन ३० मा सम्पन्न भएको पहिलो जिल्ला अधिवेशनले दिपा दर्लामी मगरलाई निर्विरोध कोषाध्यक्षमा चयन गरेको छ । सथै उक्त अधिवेशनबाट अध्यक्षमा लेखक शाही, उपाध्यक्षमा डम्मर ब. शाही, सचिवमा सविन्द्र रावत लगायतका ४ सदस्यीय जिल्ला समितीको निर्विरोध रुपमा गठन भएको छ । सुर्खेतमा कर्णाली प्रदेश टेबल टेनिस प्रशिक्षक हिक्मत ब. मल्ल र जिल्ला खेलकुद विकाश समिति सुर्खेतका सदस्य सचिव जगत प्यकुरेलको उपस्थिति रेहेको थियो । सदस्यहरु किरण कुमार बैगर, घनश्याम पुरी, सोपनिल पौडेल र धिरेन्द्रमान थापा ।

पहिलो बैठकले ३ वटा प्रस्तावहरु पास गरेको छ । जस्मा २०८१ बैशाख मसान्त सम्म सुर्खेत जिल्ला अन्तर्गत बिधालय स्तरीय टेवल टेनिस प्रतियोगिता संचालन गर्ने र कर्णाली प्रदेश टेबल टेनिस संघ गठनका लागि सुर्खेत टेवल टेनिस संघबाट मनिस गहतराज र हिक्मत बहादुर मल्ललाइ प्रतिनिधि पठाउने लगायतका निर्णय भएको थियो ।

सुर्खेत जिल्लालाई आफ्नो कार्यकालमा प्रदेश हुदै राष्टिय स्तरमा चिनाउने खेलाडि उत्पादन गर्ने र आफ्नै भौतिक संग्रचना बनाउने मेरो पहिलो प्रथामिकता भएको कोषाध्यक्ष मगरले सेतोपक्षिलाई बताइन ।