सुर्खेत । मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । वीरेन्द्रनगरस्थित कालुङचोक क्रिकेट मैदानमा शुक्रबार भएको फाइनलमा रुकुम पश्चिमलाई १४ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुर्खेतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो । यस प्रतियोगितामा सुर्खेतका रविन्द्रजंग शाही प्लेयर अफ द म्याच बनेका छन् ।

प्रतियोगिताको उपाधिसँगै सुर्खेतले १ लाख १ हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुम पश्चिमले भने ५१ हजार पाएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा प्रदेशका ७ वटा जिल्लाले भाग लिएका थिए ।