कमला ह्यारिसले आफ्नो राष्ट्रपति पदको उम्मेदवारी घोषणा गरेकी छिन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लेखेकी छिन्, । आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरे। म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु। नोभेम्बरमा जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछु ।
ह्यारिसको उम्मेदवारीलाई अधिकांश लोकतान्त्रिक सांसदले समर्थन गरेका छन्। आगामी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ।
कमला ह्यारिसको उम्मेदवारीले आगामी चुनावमा नयाँ उमङ्ग ल्याएको छ र उनको अभियानले जनताको व्यापक समर्थन प्राप्त गर्ने अनुमान गरिएको छ। ह्यारिसको उम्मेदवारीले अमेरिकी राजनीतिक परिदृश्यमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।