सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बिनोद सिह बिष्टले बुधबार बिहान सामाजिक सञ्जालमा एउटा लेख सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीहरू माथि गम्भीर आरोप लगाएका छन्। अध्यक्ष बिष्टले लेखमा उल्लेख गरेका छन् कि प्रमुख प्रशासकीय अधिकृत र केही कर्मचारीहरूले सम्पन्न भएका कामहरूको मूल्याङ्कन उठाउन र भुक्तानीको लागि काटिएका चेकहरूको कमिसन रकम नपाउँदा चेक पाटीले नपाएर भुक्तानी फिर्ता चेक रिभर्स बनाएका छन्। यस अवस्थामा, अन अफिसेल रूपमा पाटीलाई चेक दिने दिनहरूमा उनी काठमाडौँमा बसिरहेको आरोप अध्यक्षले लगाएका छन्। वडा अध्यक्ष बिष्टले नगरपालिकाका कर्मचारीहरूको तलब मासिक रु १० लाख बराबर बनाउन प्रस्ताव गरेका छन्, किनकि त्यहाँ मासिक रु १० लाख जति कलेक्सन गर्ने लक्ष्य राखिएको छ। यसका साथै, उनले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उनका सहयोगी कर्मचारीहरूको कामको गुणस्तर र प्रभावकारिता विश्लेषण गर्नुपर्ने बताएका छन्।

अध्यक्ष बिष्टले

नगरपालिकाले सो वडामा कर्मचारीको कमी राखेको र जनसङ्ख्या धेरै भएका कारण काम गर्न गारो भएको बताएका छन्। वर्तमानमा वडामा केवल दुई जना स्थायी कर्मचारी मात्र रहेको जनाउँदै, नगरपालिकालाई कर्मचारी थप गर्न अनुरोध गरेका छन्। उनीले २० वटा योजनाको भुक्तानी रोकिएको र कागजात नपुगेको १० वटा मात्र नभई अन्य १० वटामा पनि चेक काटेर रिभर्स गरिएको बताएका छन्। यसलाई सम्बोधन गर्न नगर प्रमुख मोहनमाया ढकाललाई गम्भीर ध्यानाकर्षण गर्न आग्रह गरेका छन्। वडा अध्यक्ष बिष्टले नगरपालिकाले वडामा पर्याप्त कर्मचारी नपठाएको र अनावश्यक गाली र दबाबको शिकार भएको आरोप लगाएका छन्। उनले, वडामा योजनाको भुक्तानीको लागि कागजात पेश गर्दा काम नगर्ने र कारबाहीको लागि अगाडि बढ्न नदिने आरोप नगरपालिका माथि लगाएका छन्। वडा अध्यक्ष बिष्टले नगरपालिकाले वडाको लागि कुनै भूमिका निर्वाह नगरेको र काठमाडौँको मोजमस्ती मात्रै गरेको आरोप लगाएका छन्। यसरी वडा नगरपालिकाको बोझ बोक्न मात्र सीमित भएको र चियापान खर्चसमेत नगरपालिकाले नदिएको बताएका छन्।

नगर प्रमुख मोहन माया ढकाल,

प्रमुख ढकालले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँदै “सामाजिक सञ्जालमा लेखिएका कुरा र बोलेका विषयमा मसँग कुनै धारणा छैन। यदि कुनै व्यक्ति वा सङ्गठनले प्रमाण प्रस्तुत गर्नुभयो भने मात्र म त्यस विषयमा आवश्यक कारबाही गर्नेछु। र प्रमाण बिना अनावश्यक टिप्पणी गर्नुले समस्यालाई अझ जटिल बनाउने टिप्पणी गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद शर्मा 

यो विषयमा नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यसको तत्काल जारी गर्ने छौ र पत्राचार गर्ने बताएका छन् ।

सूचना अधिकारी उत्तम प्रसाद आचार्य

वडा अध्यक्ष बिनोद सिह बिष्टको स्टाटसलाई लिएर प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुखको आन्तरिक मिटिङ बाट विज्ञप्ति निकालिएको छ । सो विज्ञप्तिलाई बाहिर निकाल्नु भन्दा वडा अध्यक्षलाई बोलाई माफी माग्ने पक्रिया भएको बताए । सो विज्ञप्ति माफी मागे सँगै बाहिर प्रकाशन नगर्ने भएको छ ।