३० भदौ,काठमाडौ।
यहि असोज ५ गतेबाट अन्तर जिल्ला यातायात र आन्तरिक हवाई उडान खुला हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले ५ गतेबाट लामो दूरीको यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी गराए ।

कोभिड-१९ का कारण लकडाउन यता बन्द रहेको लामो दुरी यातायात र उडान लाइ स्वास्थ्यसम्वन्धी मापदण्ड कडाईका साथ पालना गर्ने गरी सूचारु गर्ने निर्णय गरिएको हो।