सुर्खेत । ‘राजनीति पेशा होइन्, सेवा हो, म जनताको सेवाका लागि राजनीतिमा आएको हुँ’ नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाह जनतासँग बारम्वार यी शब्द दोहोर्याउँछन् ।हो, शाहले भनेजस्तै राजनीति सेवा हो । शाह जे बोल्छन्, त्यो गरेर देखाउँछन् ।सेवाकै कारण राजनीतिमा आएको छोटो समयमै उनले गरेका मानवीय, विकास निर्माण र अन्य सामाजिक कामले उनको भनाई र गराईमा समानता छ भन्ने देखाउँछ ।चाहे त्यो दुर्घटनामा होस्, चाहे झाडापालाको महामारीबाट जनतालाई बचाउँन आफ्नै खर्चमा हेलिकोप्टर ल्याउँदा नै किन नहोस् ।स्वास्थ्य पहुँच पुर्याउन अस्पताल निर्माणदेखि शिक्षामा पुर्याएको योगदानलगायतका कारणले उनलाई साँच्चै यो पदसम्म ल्याई पुर्याएको छ ।उनले गरेको सेवाले गर्दा नै राजनीतिमा आएको एक दशकमै राजीवलाई जनताले पहिलो पटक २०७० सालमा संविधान सभा सदस्यमा जिताएका थिए ।वामगठवन्धनका कारण २०७४ सालमा प्रतिनिधी सभा सदस्यमा झिनो मतले पराजीत भएका उनी फेरी २०७९ सालमा भारी मतान्तरले प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

इतिहास रच्न सफल

नेपाली काँग्रेसको चौधौ महाधिवेनमा लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्य भएका उनी जाजरकोटबाट पहिलो काँग्रेसको केन्द्रीय सदस्य भएर इतिहास रच्न सफल भएका छन् ।झाडापखालाले धेरैको ज्यान लिदा जाजरकोटबासीको उद्दार र उपचार दिएको योगदानलाई जाजरकोटबासीले सधैँ सम्झिरहेने गर्छन ।सानोतिनो स्वास्थ्य समस्याले गर्दा अकालमै कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले जाजरकोटको दुर्गम गाउँ वडावनमा उनले एउटा अस्पताल निर्माण थालेका छन् ।राजनीतिमा कहिल्यै फाइदा नहेरेका राजीवको प्राथमिकता सधैं जनताको सेवा नै रहेको छ ।अस्पताल निर्माण, भौतिक र मानविय विकासप्रति उनको चासो र चिन्ता त्यसैको एक पाटो हो ।सेवा गर्छु भनेर राजनीतिमा आइसकेपछि नाफा हेर्नुहुन्न, उनी भन्छन्, पदमा हुँदा होस् या नहुँदा जनताका लागि थुप्रै काम गरेको छु र गरिरहने छु ।राजनीतिमा प्रवेस गरेको छोटो समयमै शाहले धेरै स्मरणयोग्य काम गरेको जाजरकोटबासी बताउँछन् ।

आफ्नै खर्चमा हेलिकोप्टरमार्फत डाक्टर र औषधी गाउँमा पुर्याए

झाडापखाला नियन्त्रण गर्न उनले झाडापखाला प्रभावित क्षेत्रमा आफ्नै खर्चमा हेलिकोप्टरमार्फत डाक्टर र औषधी गाउँमा पुर्याए जनताको ज्यान बचाएका थिए ।दशेरा आरनमा काम गर्दै गर्दा बम विस्फोटनमा परी घाइते भएका ५ जनालाई तत्कालै हेलिकोप्टर उद्धार गरी काठमाडौ पुर्याएर उनीहरुको ज्यान बचाएका पनि थिए ।२०७१ मंसिर ४ गते भएको बस दुर्घटनाको वेला तत्काल हेलिकोप्टरबाट दक्षता प्राप्त गोताखोर ल्याई खोज तथा उद्धार कार्यमा प्रभाबकारिता ल्याउन सहयोग गरेका उनले समस्यामा परेका नागरिकलाई सधैँ सहयोग र साथ दिदै आएका छन् ।२०७१ चैत महिनादेखि २०७२ बैसाखसम्म जाजरकोटमा फैलिएको स्वाईनफ्लु प्रकोपका समयमा प्रधानमन्त्रीलाई भेटेर रोग नियन्त्रणमा ल्याउनको लागि प्रभावकारी भुमिका पनि निर्वाह गरे ।२०४३ सालमा स्थापना भएको जाजरकोटको खलंगामा रहेको भेरी ज्ञानोदय क्याम्पसको भवन निर्माणको लागि पनि शाहले विशेष सहयोग गरेका थिए ।राजीवकै पहलमा भारतीय राजदूताबासले क्याम्पसको भवन निर्माणको लागि ५ करोड रुपैया सहयोग गरेको थियो ।अहिले क्याम्पसको प्रशासनिक र शैक्षिक गरी दुई वटा भवन निर्माण भैइरहेका छन ।२०७० सालमा संविधान सभा सदस्यमा निर्वाचित भएपछि उनले सांसदको हैसियतमा प्राप्त सबै सुबिधा बापतको रकम जेहेन्दार बालबालिकाको शैक्षिक बिकासका लागि खर्च गरेका थिए ।

मन्त्री शाहसँग कर्णाली बासीका अपेक्षा

नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री शाहले कर्णाली प्रदेशको आर्थिक विकासको आधार तयार गर्ने, प्रदेशको विकास र समृद्धिको लागि स्वदेशी र विदेशी लगानीकर्ता भित्रिने वातावरण निर्माण गर्ने र भित्याउन पहल गर्ने, आफुहरुको आयस्तर बृद्धिमा टेवा पुर्याउने खालका विशेष योजना र कार्यक्रम ल्याउन अपेक्षा कर्णालीबासीले गरेका छन् ।

सबैको अपनत्व कामय हुने गरी काम गर्ने

आफ्नो जिम्मेवारी समाल्दै मन्त्री शाहले कर्णालीबासीको वृहत्तर हित र भलाईको लागि आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म काम गर्ने बताए ।उनले कर्णालीको विकास र समृद्धिको लागि सबैसँग हातेमालो गर्ने, सवैको विचार र आइडियालाई आत्मसाथ गर्ने तथा सबैको अपनत्व कामय हुने गरी कर्णालीको विकास र समृद्धिको मार्गलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।भ्रष्टाचारमा शुन्य सहनशितला अनपाउने बताउदै उनले भ्रष्टाचार हुन नदिन सक्दो प्रयास गर्ने उल्लेख गरे ।जाजरकोटी राजाका सन्तान समेत रहेका मन्त्री शाह नेपालका पहिलो जेटविमान चालक स्वर्गिय बवि विक्रम शाहका एक मात्र छोरा हुन ।