वीरेन्द्रनगर सुर्खेतमा कोरियन भाषा शिक्षाको नयाँ केन्द्र ‘एन एण्ड एन कोरियन भाषा केन्द्र’को उद्घाटन गरिएको छ। वीरेन्द्रनगर-८, मध्यपश्चिम विश्वविद्यालयको माथिल्लो गेट नजिकै सञ्चालनमा आएको यस केन्द्रको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको हो।

केन्द्रका सञ्चालक तथा अध्यक्ष गोपाल बोहरा रहेको उक्त संस्थाको उद्घाटन समारोहमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्ष बिक्रम खड्का प्रमुख अतिथि तथा जेष्ठ नागरिक साथै प्रकाश पन्त विशिष्ट अतिथि रहेका थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले नयाँ वर्षको शुभकामनासहित युवा-युवतीहरूलाई वैदेशिक रोजगारीतर्फ आकर्षित हुन कोरियन भाषा सिकेर जान सुझाव दिए। उनले EPS प्रणाली अन्तर्गत कोरियामा रोजगारी पाउन भाषा सिक्नुपर्ने भएकाले यस्तो केन्द्र आवश्यक रहेको बताए।

सञ्चालक गोपाल बोहरा स्वयं पनि कोरियन भाषा topik Level उतिर्ण सगै काेरियन भाषा सँस्कृतिकाे राम्राे ज्ञान र केही वर्षअघि कोरियामै पाँच वर्ष काम गरिसकेका छन्। उनले आफ्ना अनुभवहरू साझेदारी गर्दै ‘एन एण्ड एन’ मा सस्तो र गुणस्तरीय शिक्षा उपलब्ध हुने बताए।

उनका अनुसार, संस्थामा हप्तामा तीनपटक परीक्षा गरिनेछ भने दैनिक २० मिनेटको समय ट्याब प्रयोग गरी अनलाइन परीक्षण दिने व्यवस्था गरिएको छ।

केन्द्रले कोरियन भाषा सिक्न चाहने विद्यार्थीहरूका लागि एक नयाँ अवसर सिर्जना गरेको भन्दै सहभागीहरूले प्रसंसा गरेका थिए।