भोटेकोशी बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा
नेपाली कम्युनिष्ट पार्टीले यसअघि गरेको निर्णयअनुसार रसुवा–भोटेकोशी बाढीपीडितहरूको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ। पार्टीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न सिंगो पार्टी पङ्क्तिलाई परिचालन गरिसकेको जनाएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार, यसअघि पार्टीले गरेको निर्णयबमोजिम बाढीपीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो। पार्टीले भोटेकोशी बाढीका सन्दर्भमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गरिसकेको जनाएको छ बाढीपीडितहरूको उद्धार तथा राहत कार्यमा हरकिसिमको सहयोग, समन्वय र सहकार्यका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको छ। उक्त डेस्कमार्फत बाढीपीडित वा उनीहरूका परिवार तथा आफन्तसँग सम्पर्क गर्न र आवश्यक सूचना उपलब्ध गराउन अपिल गरिएको पार्टीले जनाएको छ।
पार्टीले जनताको जीवन रक्षा र विपद् व्यवस्थापनलाई प्राथमिकता दिँदै राज्यसँगको समन्वयमा राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएको छ।
‘विपद् व्यवस्थापन डेस्क’का सम्पर्क नम्बरहरू :
- डा. लक्ष्मी ओली – ९८४०३९०२०४
- नारायण काफ्ले – ९८५११८०७७५
- केशव दाहाल – ९८५१०९७८२१
पार्टीले विपद्को यस कठिन घडीमा बाढीपीडितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक सबै प्रकारको सहयोग, समन्वय र सहकार्यलाई निरन्तरता दिने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्