आन्तरिक राजस्व कार्यालय सुर्खेतद्वारा सेवा बन्द
 
        
सुर्खेत । कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि आन्तरिक राजस्व कार्यालय सुर्खेतले सेवा बन्द गरेको छ । कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्युतीय बाहेकका अन्य सेवा बन्द गरेको हो ।
‘कोरोना भाइरसको संक्रमण कार्यालयमा पनि देखा परेको हुँदा अन्य कर्मचारीको स्वाव संकलनको नतिजा नआएसम्म नेपाल सरकारको जनस्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डलाई मध्यनजर गर्दै अत्यावश्कीय विद्युतीय सेवा बाहेकका अन्य सेवा बन्द गरिएको’ कार्यालयले सूचना जारी गरेको छ ।
सूचनामा ‘राजस्व संकलनको सम्पूर्ण कार्य बैकिङ्ग प्रणालीबाट हुने भएकोले उक्त सेवा नियमित संचालन हुने र करदाताले विद्युतीय सेवाको वेवसाइटमा नियमित कामकाज गर्न सकिने’ जनाइएको छ ।
सूचनामा अर्काे सूचना नआउन्जेलसम्मका लागि सेवा बन्द गरिएको जनाएको हो ।

 
                         
                                                                                                                                                                                                            


प्रतिक्रिया दिनुहोस्