महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ।मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन्।आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ। नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ।मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन्।इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो।

वर्षौँदेखि महिलाविरुद्धको दमनविरुद्ध सङ्घर्ष गरिरहेकी उनलाई नोबेल कमिटिले “स्वतन्त्रता सेनानी” भनेको छ।मानव अधिकारकर्मीको लामो परिचय बनाएकी उनले इरानमा मृत्युदण्ड अन्त्यका लागि पनि अभियान सञ्चालन गरिरकेकी छिन्।इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड दिइनेमध्येको देश हो।सन् २०१० यता करिब निरन्तरजसो जेलमै रहे पनि मोहम्मदी जेलभित्रैबाट दुर्व्यवहारहरूको खुलासा गर्न सफल भएकी छिन्।हाल ५१ वर्ष पुगेकी उनले अहिले ३१ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन्।