पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
भदौ १३ गते, २०८१ १०:५४ मा प्रकाशित
दिपेन्द्र शर्मा सुर्खेत। अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उनले पहिरो पन्छाउने काम भइरहेको बताए ।
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
Post Views: 203
प्रतिक्रिया दिनुहोस्