सुर्खेत। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशका पश्चिमी भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।

विहीबार भोलि साँझ भदौ २७ देखि शनिवार २९ गते बिहानसम्म कर्णाली प्रदेशका सुर्खेतसहित बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछाममा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।महाशाखाका अनुसार यी जिल्लाहरूमा भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ।

रातिको समयमा वर्षा हुने सम्भावना बढी रहेकाले डुबानको समस्या निम्तिन सक्ने चेतावनी दिइएको छ। विशेष गरी शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको छ भने ठूला तथा साना नदी-नालामा पानीको सतह बढ्ने सम्भावना छ।

महाशाखाले सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले स्थानीयबासीलाई सतर्क रहन र आवश्यक पूर्व तयारी गर्न आग्रह गरेको छ।