नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ।

माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नलगाड नगरपालिका वडा न १ ग्यानेचाैर स्थित श्री जनआदर्श प्राथमिक विद्यालयलाई ७ लाख ८ हजार रुपैयाँ हस्तान्तरण नलगाड नगरपालिकाका मेयर डम्मर बहादुर रावत मार्फत भएको हो ।

यो सहयोग शर्माको नेतृत्वमा सङ्कलित रकममध्येबाट गरिएको मेयर रावतले बताए । जुन भूकम्प पीडितका लागि आह्वान गरिएको थियो। गत वर्षको कार्तिक १७ गते राति जाजरकोटमा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएको थियो, जसका कारण समितिले विश्वभरका शुभेच्छुकहरूसँग सहयोग सङ्कलन गरेको थियो।

समितिका सचिव टिबी पाठकका अनुसार विद्यालयले यो रकम अक्षयकोषमा राख्नेछ, र भविष्यमा रुकुममा पनि यस्तै प्रकारको सहयोग गर्ने योजना रहेको बताएको छ ।