मैले नजन्माएकी छोरी – अनिता चौधरी
अनिता चौधरी

छोरी तिमी यो सन्सार मा आँउदै नआउ ।
तिमी यहाँ रुनु पर्छ,
छोरी भएकै कारण गर्भमै हजारौं पीडा सहेर तुहिनु पर्छ,
शारीरिक बनावट के कारण अनेकौँ आलोचना सुन्नुपर्छ।
यहाँ तिमीले पल पल हजारौं नरपिचास को सामना गर्नु पर्छ।
कहिल्यै तिमी कतै एक्लो पर्यो भने बलात्कृत हुनुपर्दछ ।
कहिल्यै तिमी पीडित भएर न्याय माग्दा बैँस को जोस मा फसाएको साबित हुन्छौँ ।
मेरी छोरी तिमी यो सन्सार मा आँउदै नआउ ।
यहाँ आफ्ना लाई पर्दा मात्र पीडित अनि तिमीलाई परि हाल्यो भने चरित्र हीन हुन्छौँ है छोरी ।
कहिल्यै बुहारी भएर रुनु पर्छ,
दाइजो लागि जल्नु पर्छ,
अनि जीवन भर अरु के हिसाब मा चल्नु पर्छ।
यहाँ पल पल मर्नु पर्छ छोरी।
कहिल्यै आमा भएर रुनु पर्छ।
अनेकौँ अपशब्द छोरी भएकै कारण सुन्नुपर्छ त्यसैले छोरी तिमी नआउ ।।।
आउननै छ भने छोरी माथिको कुदृष्टि हटाउने गरि आउ
निर्मला पन्त जस्तै हजारौं छोरी को पीडा मेटाउने गरि
अनि कहिल्यै उमेरमा चुँडिएका हरूको लागि न्याय लिएर आउ।
होइन भने छोरी तिमी यो सन्सार मा नआउ,
आखिर निर्मला पन्त ले न्याय कहिले पाउने ??
प्रतिक्रिया दिनुहोस्