सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेलाको तामाखानीमा बस्दै आएका घुमन्ते जीवन बिताउँदै आएका आएका राउटेहरुले कर्णाली प्रदेश सरकारले दिने भएको मासिक भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकारले दिदैँ आएको प्रतिब्यक्ति तीन हजार रुपैयाँ बाड्न गएका दैलेख गुराँस गाउँपालिका जनप्रतिनीधिहरुसँग कर्णाली प्रदेश सरकारले दिने भनेको थप दुई हजार भत्ता नपाएको गुनासो गरेका हुन् ।
राउटेहरुले प्रदेश सरकारले दिने भनेको थप भत्ता खोई ? भनेर प्रश्न गरेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । ‘कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाह िराउटे बस्तीमा नै पुगेर प्रदेश सरकारकातर्फबाट थप दुई हजार रुपैयाँ दिने भन्नु भएको रहेछ ।’ उनले भने,‘राउटेहरु एकहोरो भएका कारणले दिने भनेको कुरा भुलेका रहेन छन् ।’
गत कार्तिक ८ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र्रबहादुर शाहीले बस्तीमा नै पुगेर थप दुई हजार रकम थप दुई हजार दिने भन्नुभएको र हालसम्म पनि पनि त्यो रकम नपाएको राउटे मुखिया सुर्यबहादुर शाहीले बताए । ‘हामीलाई संघीय सरकारले तिन हजार भत्ता दिदैँ आएको थियो ।’ उनले भने,‘तिन हजारले हाम्रो जीवन धान्न ग्राहो भएको बताएका थियौं । वहाँले थप प्रदेश सरकारकातर्फबाट दुई हजार दिने भन्नुभएको थियो । तर, त्यो भत्ता अहिलेसम्म पनि पाएका छैनौं ।’
त्यस्तै, राउटेहरुलाई खाद्य तथा अन्य सुरक्षा गर्नका लागि राउटे सुरक्षा कोष स्थापना गर्ने आश्वासन दिएको भएपनि हालसम्म पनि कुनै काम नभएको राउटे मुखिया शाहीले बताए ‘हामीलाई मुख्यमन्त्रीले खाद्यान्न, लत्ताकपडा, आवासका लागि राउटे सुरक्षा कोष बनाउने भन्नुभएको थियो ।’ उनले भने,‘त्यो बनाएको कुरा पनि आएका छैन् ।’
दैलेख गुराँस गाउँपालिकाले घुमन्ते रहेका राउटे समुदायलाई संघीय सरकारबाट दिने भत्ता दिदैँ आएका छ । हाल राउटे समुदायका ४४ परिवारका एक सय ४५ जना रहेका छन् । उनीहरु दैलेख र सुर्खेतका बिभिन्न ठाउँमा घमफिर गरि बस्दै आएका छन् ।