सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा सात दिन थप्ने निर्णय गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

सुर्खेतमा यहीँ बैशाख १४ गतेबाट सात दिन निषेधाज्ञा जारी गरिएको हो । पछिल्लो २४ घण्टामा मात्रै कोरोना पुष्टि भएका २१४ जना मध्य १७२ जना सुर्खेतका हुन ।