सुर्खेत । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहान ११ बजेदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा बैठक बस्ने उपाध्यक्ष जयन्ती राईले जानकारी दिइन् ।

बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल हुनेछ ।

साथै पार्टी परित्याग गरी गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिइने पनि बैठकको एजेण्डा छ ।

नेकपा एस छाडेका चुडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायतका नेताको ठाउँमा पार्टीले अर्को नेतालाई जिम्मेवारी दिन लागेको हो ।