उज्यालो नेपाल पार्टी कर्णाली प्रदेशका उपाध्यक्षसहित विभिन्न पदाधिकारीहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।कर्णाली प्रदेशमा राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेका उपाध्यक्ष हिक्मत गिरी, कोषाध्यक्ष गौरी कुमारी थापासहितको पदाधिकारी टोलीले उज्यालो नेपाल पार्टी परित्याग गरी श्रम संस्कृति पार्टी रोजेको हो।

जनताको पक्षमा उभिने, श्रमको सम्मान गर्ने, सुशासन कायम गर्ने र देशको समृद्धिका लागि योगदान पुर्‍याउने उद्देश्यसहित आफूहरू नयाँ राजनीतिक यात्रामा अघि बढेको टोलीले जनाएको छ।यस प्रवेशलाई कर्णाली प्रदेशमा श्रम संस्कृति पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिलाई थप सशक्त बनाउने कदमका रूपमा हेरिएको छ।

टोलीको प्रवेशसँगै कर्णालीमा संगठन विस्तार, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा विकास र समृद्धिका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।